क्रिकेट

यू-१९ विश्वकप छनोटः नेपालको शानदार सुरुवात

इकागज |
जेठ २०, २०७९ शुक्रबार १०:४४ बजे

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाली युवा टोलीले विजयी सुरुवात गरेको छ । कतारलाई ७९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

मलेसियाको युकेएम-वाईएसडी क्रिकेट ओभलमा १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलब ४ ओभरमा अलआउट हुँदै मात्र ३८ रनमा समेटियो । कतारका लागि साची धदवाल र श्रृतिवेन रानाले समान १४-१४ रनको योगदान गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


नेपालका लागि श्रृष्टी जैशीले सर्वाधिक ३ विकेट हात पारिन् । अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महाराले समान २-२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १ सय १७ रन जोड्यो । नेपालका लागि आस्मा पुलामी मगरले अविजित ३२ तथा श्रृष्टी जैसीले २३ रन जोडे । सानु राजवंशीले २१, अन्जली विश्वकर्माले ११ तथा किरण कुमारी कुँवरले १ रन बनाए ।

कतारका लागि साची धदवाल र अलिना खानले एक-एक विकेट लिए । 


Author

थप समाचार
x