क्रिकेट

क्रिकेट चल्दै गर्दा २३ औँ ओभरमा २३ मिनेटको मौनधारण, तर किन?

इकागज |
जेठ २०, २०७९ शुक्रबार १३:५३ बजे

काठमाडौँ – घरेलु टोली इंग्ल्यान्ड र न्यूजिल्यान्ड टेस्ट किक्रेट टिमका सदस्यहरुले अष्ट्रेलियन महान क्रिकेटर शेन वार्नको सम्झनामा अनोठौ तरिका अपनाए । गत मार्च ४ तारिखमा ५२ वर्षीय वार्नकाे थाइल्याण्डमा निधन भएको थियो । 

लर्डस मैदानमा इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच जारी टेस्ट क्रिकेटको पहिलो दिन २३ औँ ओभरमा दुबै टिमका खेलाडीले २३ मिनेट मौन धारण गरे । त्यतिमात्र नभएर मैदानमा उपस्थित हजारौ दर्शकहरुले समेत वार्नको सम्झनामा ताली बजाए । 


लर्डसको ठूलो स्क्रिनमा वार्नको सम्झनास्वरुप ‘शेन वार्न १९६९-२०२२’ लेखिएको थियो ।

खासमा टेस्ट क्रिकेटमा श्रीलंकन बलर मुथिया मुरलिथरनपछि सर्वाधिक विकेट लिने खेलाडी वार्नले २३ नम्बरको जर्सी लगाउने गरेका थिए । उनले लगाउने गरेकाे जर्सी नम्बरकाे सम्मान गर्दै खेलकाे २३ औ‌ ओभरमा २३  मिनेट माैनधारण गरिएकाे हाे ।

मुरलिथरनले ८ सय विकेट लिदाँ वार्नले ७ सय ८ विकेट लिएका छन् । 


Author

थप समाचार
x