आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट
युएईसँग नेपाल १० विकेटले पराजित, नौ रनको लक्ष्य सात बलमा पूरा
काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले पहिलो पराजय भोगेको छ । मलेसियाको युकेएम-वाईएसडी क्रिकेट ओभलमा भएको खेलमा युएईले नेपाललाई १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा कुनै पनि विकेट नगुमाएर पुरा गर्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै मात्र ८ जोड्यो । नेपालले ४ रन हुँदा ६ विकेट गुमाएको थियो भने ५ रन हुँदा ८ तथा ८ रन हुँदा अलआउट भयो ।
नेपालका लागि स्नेहा महराले सर्वाधिक ३ रन तथा किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगर समान १-१ रनमा आउट हुँदा रन्जु श्रेष्ठ, अलिसा कुमारी यादव, अन्जली विश्वकर्मा, साना प्रविण, श्रृष्टी जैशी, कप्तान कृतिका मरासिनी शून्य रनमा आउट भए । मनिशा राना २ रनमा अविजित रहिन् ।
युएईका लागि माहिका गौरले ५ विकेट हात पारिन् । इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् । समाइरा धर्निधरकीले १ विकेट लिइन् ।
पहिलो खेलमा भने नेपालले कतारलाई पराजित गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया