के टेस्ट क्रिकेटको भविष्य संकटमा पर्दैछ ?
काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रमुख ग्रेग बार्कलीले टेस्ट क्रिकेटको भविष्य डरलाग्दो चित्रण गर्दै आगामी वर्षहरूमा टेस्ट क्रिकेट खेल्ने संख्यामा कमी आउने बताएका छन् । उनले महिलाहरुको टेस्ट क्रिकेटमा पनि ठूलै परिवर्तन हुने अपेक्षा नरहेको बताए ।
बार्कलीका अनुसार विश्वभरी नै टी-ट्वान्टी लिगहरू तथा आईसीसीको विभिन्न प्रतियोगिताको व्यस्त खेल तालिकाका कारण टेस्ट क्रिकेटका लागि थोरै समय बाँकी रहनेछ ।
इन्डियन प्रिमियर लिग जस्ता घरेलु प्रतियोगिताले नै अन्तर्राष्ट्रिय तालिकामा असर गरिरहेको तथा यसले दुईपक्षीय सिरिजमा असर गर्ने समेत बार्कलीले बताए । यसको नकारात्मक असर भनेको खेल खेल्न थोरै अवसर प्राप्त गर्ने देशहरुको राजस्व संकलन न्यून हुन जाने उनले प्रक्षेपण गरे ।
उनले भारत, इंग्ल्यान्ड र अष्ट्रेलियाजस्ता देशहरुसँग सिरिजका लागि समय मिलाउन निकै कठिन हुने समेत बताए । बार्कलीले टेस्ट क्रिकेटका कारण देशहरूलाई ठूलो लगानी गर्नुपरेको समेत उल्लेख गरे । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया