क्रिकेट

नेपाल र नामिवियासँगको सिरिजअघि स्कटल्यान्डले कप्तान नियुक्त गर्ने

इकागज |
जेठ २१, २०७९ शनिबार १६:२५ बजे

काठमाडौँ – कायल कोएटजरले स्कटल्यान्ड क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिएका छन् । ३८ वर्षीय कोएटजरले शुक्रबार कप्तानी छाडेको क्रिकेट स्कटल्यान्डले जनाएको छ । 

स्कटल्यान्डको क्रिकेट बोर्डले आईसीसी पुरुष विश्वकप लिग डिभिजन-२ अन्तर्गतको नेपाल र नामिवियासँग हुने एकदिवसीय त्रिकोणात्मक सिरिजअघि नयाँ कप्तानको घोषणा गर्ने जनाएको छ । उक्त त्रिकोणात्मक सिरिज जुलाई ११ बाट स्कटल्यान्डमै हुनेछ । 


कप्तानी छाडेपनि कोएटजरले राष्ट्रिय टिमबाट खेल जारी राख्ने बताए । उनले स्कटल्यान्डका लागि १ सय १० खेलमा कप्तानी गरेका छन् । 
 


Author

थप समाचार
x