क्रिकेट

एसीसी महिला टी-ट्वान्टीः १९ खेलाडी छनोट

इकागज |
जेठ २१, २०७९ शनिबार १६:५० बजे

काठमाडौँ -  एसीसी महिला टी-ट्वान्टी क्रिकेट च्याम्पियनशीपका लागि नेपाल क्रिकेट संघले दोस्रो चरणको प्रशिक्षणका १९ जना महिला खेलाडी छनोट गरेको छ । 

दोस्रो चरणको प्रशिक्षणका लागि रुविना क्षेत्री, इन्दु बर्मा, सिता राना मगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई , अश्मिना कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी , रेखा रावल र इश्वरी विष्ट रहेका छन् ।


अन्तिम टोलीमा भने १५ खेलाडी छनोट हुनेछन् । 

च्याम्पियनशीप मलेसियामा जुन १७ देखि २५ तारिखसम्म आयोजना हुँदैछ । च्याम्पियनशीपमा १० टिमको सहभागिता रहनेछ । 

च्याम्पिनयशीप अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ र यस समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । त्यसैगरी समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र युएई रहेका छन् ।

समूह चरणको खेलपछि दुबै समूहबाट दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता दुबै टोली अक्टुबरमा हुने टी-ट्वान्टी एसिया कपका लागि छनोट हुनेछन् ।

 


Author

थप समाचार
x