क्रिकेट

कुशल र आशिफ घाइते, सुवास खकुरेललाई नेपाली क्रिकेट टिममा मौका

इकागज |
जेठ २२, २०७९ आइतबार १६:५८ बजे

काठमाडौँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपाली क्रिकेट टिमलाई ठूलो धक्का लागेको छ । 

सिरिज अघि ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेख घाइते भएका छन् । उनीहरुले पछिल्लो समय नेपाली टिमका लागि शीर्षक्रममा ब्याटिङ गर्दै आएका थिए । उनीहरु सिरिज अघि खेलिएको अभ्यास खेलका क्रममा घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । दुबैजनाको खुट्टामा चोट लागेको तथा उनीहरु सिरिजको पहिलो खेलका लागि उपलब्ध हुनेमा शंका रहेको छ । सिरिज जुन ९ बाट सुरु हुदैछ । 


यसैबीच क्यानले विकेट किपर ब्याट्सम्यान सुवास खकुरेललाई टिममा समेटेको छ । 
 


Author

थप समाचार
x