रुटको शतकमा इंग्ल्यान्ड विजयी
काठमाडौँ – घरेलु टोली इंग्ल्यान्डले न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेट खेल ५ विकेटले जितेको छ । तीन खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता समेत बनाएको छ । लर्डस क्रिकेट मैदानमा खेलको चौथों दिन २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले ५ विकेट गुमाएर पुरा गर्यो ।
उसलाई जित दिलाउन जोए रुटले शतक प्रहार गरे । टेस्ट क्रिकेटमा १० हजार रन पुरा गरेका रुटले १ सय १५ रनको योगदान गरे । कप्तान बेन स्टोक्सले ५४ रन जोडे । न्यूजिल्यान्डका लागि कायल ज्यामिसनले सर्वाधिक ४ विकेट लिए । ट्रेन्ट बोल्टले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्ड पहिलो इनिङ्समा १ सय ३२ रनमा अलआउट हुँदा इंग्ल्यान्ड पनि १ सय ४१ रनमै समेटिएको थियो । तर दोस्रो इनिङ्समा न्यूजिल्यान्डले डारिल मिचेलको १ सय ८ र टम बल्नडेलको ९६ रनको मदतमा २ सय ८५ रन जोड्यो र इंग्ल्यान्डलाई जितका लागि २ सय ७७ रनको लक्ष्य दियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया