भुटानले दियो नेपाललाई ६७ रनको लक्ष्य
काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत भुटानले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन जोड्यो ।
भुटानका लागि नगावाङगा चोडेन र संगय वाङग्मोले समान ११ रन, पेमा याङचेनले ९, इभा सोमसेल योङजोमले ७ र चाडो ओमले ६ रन जोडे ।
नेपालका लागि अनु कडायत, मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २-२ विकेट हात पारिन् । स्नेहा महराले एक विकेट लिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया