यू-१९ विश्वकप छनोटः नेपालको दोस्रो जित
काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले दोस्रो जित हात पारेको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।
जितका लागि चाहिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि सानु राजवंशीले अविजित रहदै ३० रनको योगदान गरिन् । साना प्रविण १२ रनमा आउट भइन् । श्रृष्टी जैसीले ८ रन जोडिन् । भुटानका लागि साङगे वाङग्मोले सर्वाधिक ३ विकेट तथा अन्जुली घले र सोनाम एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन जोड्यो । भुटानका लागि नगावाङगा चोडेन र संगय वाङग्मोले समान ११ रन, पेमा याङचेनले ९, इभा सोमसेल योङजोमले ७ र चाडो ओमले ६ रन जोडे ।
नेपालका लागि अनु कडायत, मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले समान २-२ विकेट हात पारिन् । स्नेहा महराले एक विकेट लिइन् ।
नेपालले यस अघि कतारलाई पराजित गर्दा युएईसँग हार्न पुगेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया