क्रिकेट

थाइल्यान्डले दियो नेपाललाई ९० रनको लक्ष्य

इकागज |
जेठ २४, २०७९ मंगलबार १२:४४ बजे

काठमाडौँ – आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्यान्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोड्यो ।

थाइल्यान्डका लागि थिपाचा पुथाओङले सर्वाधिक २० रनको योगदान गरिन् । बान्थिडा लिफाथनाले १९ रन बनाइन् । सुवानन खियाटोले १६ रन जोडिन् । 


नेपालका लागि कृतिका मरासिनी र मनिषा कुमारी उपाध्यायले २-२ विकेट हात पारे । स्नेहा महराले १ विकेट लिइन् ।


Author

थप समाचार
x