क्रिकेट

नेपाल-भारत 'फिजिकल्ली च्यालेन्जड' क्रिकेट सिरिज शुक्रबारबाट

इकागज |
जेठ २५, २०७९ बुधबार १५:५५ बजे

काठमाडौँ – ह्विलचियर क्रिकेट संघ नेपालले शुक्रबारबाट नेपाल र भारतबीच ‘टी-ट्वान्टी इन्टरनेशनल 'फिजिकल्ली च्यालेन्जड' क्रिकेट सिरिज’ आयोजना गर्ने भएको छ ।

संघले काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरी जेठ २७, २८ र २९ गते मुलपानी क्रिकेट मैदानमा तीन खेलको सिरिज आयोजना गर्ने जानकारी गराएको हो । सिरिज अन्तर्गतका खेलहरु स्ट्यान्डिङ क्रिकेट हुनेछन् जसमा ब्याटरको स्थानमा रनर राख्न पाइनेछ ।


संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले टी-ट्वान्टी सिरिजसँगै १ दिनको विशेष क्रिकेट खेल समेत आयोजना गरिनेछ जसमा सहभागी १६ जना खेलाडीले नै ब्याटिङ र बलिङ गर्न पाउनेछन् ।

नेपालले दोस्रो पटक भारतविरुद्धको सिरिज आयोजना गर्न लागेको हो । यस अघि सन् २०१९ मा पहिलो पटक सिरिज आयोजना गरेको थियो ।

नेपाली टिमका कप्तान राम प्रसाद खरेलले भारतविरुद्ध अहिलेसम्म ५ पटक खेलेपनि जित हात पार्न नसकेको बताए । तर उनले यसपटक नेपाली टिममा भारतलाई चुनौती दिन सक्ने खेलाडी रहेको बताए ।

नेपालले फिजिकल्ली च्यालेन्जड विश्वकप क्रिकेट आयोजना गर्ने

यसैबीच सिरिजका टेक्निकल डाइरेक्टर रविन्द्र गुप्ताले नेपालले २०२३ मा फिजिकल्ली च्यालेन्जड विश्वकप क्रिकेट आयोजना गर्ने तयारी गरिरहेको बताए । उनले विश्वकपमा ८ राष्ट्रको सहभागिता जनाउने जानकारी गराए ।


Author

थप समाचार
x