क्रिकेट

नेपाल टी-ट्वान्टी गभर्निङ काउन्सिल गठन

इकागज |
जेठ २५, २०७९ बुधबार १६:३१ बजे

फाइल तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगका लागि नेपाल टी-ट्वान्टी गभर्निङ काउन्सिल गठन गरेको छ । काउन्सिलका निर्देशकमा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल रहेका छन् ।

त्यसैगरी, क्यानका सदस्य दुर्गाराज पाठक, मेडिया कमिटी सदस्य भानु भक्त सिग्देल तथा सेभेन३स्पोर्टसका एमडी जतिन अहलुवालिया सदस्य रहेका छन् । इन्डियन क्रिकेटर्स एसोसियसनका अध्यक्ष अशोक मलहोत्रालाई मानार्थ सदस्य नियुक्त गरिएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


नेपाल टी–ट्वान्टी लिग त्रिवि क्रिकेट मैदानमा असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।


Author

थप समाचार
x