क्रिकेट

भारतले जित्यो टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड सिरिज

इकागज |
जेठ २९, २०७९ आइतबार १७:३५ बजे

काठमाडौँ – पाहुना टोली भारतले नेपालविरुद्धको टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड् सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेल ७७ रनले जित्दै भारतले सिरिज १ खेल अगावै २-० ले जितेको हो । शनिबार भएको पहिलो खेल भारतले १२ रनले जितेको थियो । 

आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४५ रन जोड्यो । भारतका लागि शाहुल हमदले सर्वाधिक ५५ रन तथा सायद शाह अजिजले ५४ रनको योदान गरे । नेपालका लागि मनोज थापाले २ तथा तबरेज आलमले १ विकेट लिए । 


१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभर ५ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । नेपालका लागि विवेक शर्माले सर्वाधिक ११ रन बनाए । 

भारतका लागि मनी भननले सर्वाधिक ५ विकेट हात पार्दा सायद शाह अजिजले २ विकेट लिए । मखन सिंह राजपुत, विशाल नायक र दिवाकर तिवारीले १-१ विकेट हात पारे । 

नेपाल र भारतबीचको तेस्रो खेल सोमबार हुनेछ । 
 


Author

थप समाचार
x