क्रिकेट

महिला क्रिकेट टिमको घोषणा

इकागज |
जेठ ३०, २०७९ सोमबार १७:९ बजे

काठमाडौँ – एसीसी महिला टी-ट्वान्टी च्याम्पियनशीपका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ खेलाडीसहितको टिम घोषणा गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियामा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । 


सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह एमा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । 

समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिष्पर्धा गर्नेछन् । समूह चरणको प्रतिष्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशियाकपमा छनोट हुनेछन् ।

छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एसिया कप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानबिरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामना गर्दा तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
 

नेपाली टिमः


Author

थप समाचार
x