क्रिकेट

एकदिवसीय वरीयतामा पाकिस्तानले भारतलाई उछिन्यो, नेपाल कहाँ ?

इकागज |
जेठ ३०, २०७९ सोमबार १७:२० बजे

काठमाडौँ – आईसीसीको एकदिवसीय वरीयतामा पाकिस्तानले भारतलाई पछि पारेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पाकिस्तान चौथों स्थानमा उक्लिएको छ । यता भारत भने पाँचौं स्थानमा झरेको छ ।

वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्वीप गरेपछि पाकिस्तान एक स्थान माथि उक्लिएको हो । वरीयताको शीर्ष स्थानमा भने न्यूजिल्यान्ड रहेको छ । इंग्ल्यान्ड दोस्रो तथा अष्ट्रेलिया तेस्रो स्थानमा रहेका छन् ।


नेपाल भने १९ औँ स्थानमा रहेको छ । नेपाल भन्दा पछि केवल पपुवा न्यूगिनी रहेको छ ।


Author

थप समाचार
x