क्यानमाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)माथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले मंगलबार जारी गरेको विज्ञप्तिमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको जनाइएको हो ।
क्यानका अनुसार नयाँ निर्वाचित कार्यसमिति आएपछि क्यानमाथिको निलम्बन फुकुवा गरेपनि आईसीसीले क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो । २०७६ साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट क्यानमा नयाँ निर्वाचित कार्यसमिति आएको थियो ।
नयाँ कमिटीले आईसीसीको सम्पूर्ण मापदण्ड क्रमशः पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको विज्ञप्तीमा उल्लेख छ ।
यससँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त एसोसियट राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया