क्रिकेट

एसीसी टी-ट्वान्टीः नेपालले दियो भुटानलाई ९५ रनको लक्ष्य

इकागज |
असार ३, २०७९ शुक्रबार १०:२२ बजे

काठमाडौँ – एसीसी महिला टी-ट्वान्टी च्याम्पियनशीप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियास्थित युकेएम-वाईयसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन तथा कप्तान रुविना क्षेत्रीले २१ रनको योगदान गरे । इन्दु बर्माले २० रन, डोली भट्टले ५, सिता रानामगरले ४, ममता चौधरीले ३ र विन्दु रावलले १ रन जोडे ।


भुटानका लागि सोनाम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी चेकीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x