एसीसी महिला टी-ट्वान्टीः सेमिफाइनल पुग्न नेपाललाई १५ रनको आवश्यकता
काठमाडौँ - एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीपको सेमिफाइनल प्रवेश नेपाललाई बहराइनविरुद्ध १५ रनको आवश्यकता रहेको छ । मलेसियामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा झारिएको खेलमा ६ विकेट गुमाएर केवल १४ रन जोडेपछि नेपालले १५ रनको लक्ष्य पाएको हो ।
आजको खेलमा जित हात पारे नेपाल लगातार तीन जितसहित सेमिफाइनल प्रवेश गर्नेछ । यस अघि नेपालले भुटान र कुवेतलाई पराजित गरेको थियो ।
आजको खेलमा बहराइनलाई सस्तैमा समेट्न कविता कुँवर र सवनम राईले समान २-२ विकेट तथा अस्मिना कर्माचार्यले १ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया