एसिया कप खेल्न नेपालले युएईलाई पराजित गर्नुपर्ने
काठमाडौँ – एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप अन्तर्गतको सेमिफाइनलमा नेपालले युएईविरुद्ध खेल्ने भएको छ । नेपाल समूह ‘बी’ को उपविजेता तथा युएई समूह ‘ए’ को विजेता बनेपछि दुई टिमबीच सेमिफाइनल हुने पक्का भएको हो ।
समूह ‘बी’ मा नेपालले चारमध्ये ३ खेल जित्दै उपविजेता बन्दा ४ मध्ये ४ वटै खेल जितेर हङकङ समूह विजेता बनेको हो । समूह चरणमा नेपालले हङकङसँग पराजित हुन पुगेको थियो । हङकङकले भने सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसियाको सामना गर्नेछ ।
यता समूह ‘ए’ मा युएईले चार मध्ये ३ खेलमा जित तथा १ खेलमा अंक बाडेको थियो । त्यसैगरी, मलेसियाले ३ खेलमा जित तथा १ खेलमा पराजय भोगेको थियो ।
दुबै सेमिफाइनल शुक्रबार हुने तालिका रहेको छ ।
सेमिफाइनल जित्ने दुबै टिम अक्टोबरमा आयोजना हुने महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड समेत हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया