सात खेलको टी-ट्वान्टी सिरिजका लागि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने
काठमाडौँ – इंग्ल्यान्डले सात खेलको टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानको भ्रमण गर्ने भएको छ । सेप्टेम्बर १५ देखि अक्टोबर २ तारिखसम्म हुने सिरिजका लागि इंग्ल्यान्डले पाकिस्तानको भ्रमण गर्ने पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रामिज राजाले बताए । सुरक्षा व्यवस्थाको बारेमा बुझ्न इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले तीन सदस्यीय सुरक्षा टिम यसै महिना पाकिस्तान पठाउने भएको छ ।
सिरिजका खेलहरु लाहोर र कराँचीमा हुने सम्भावना रहेको छ । सिरिजको तालिका भने अझै सुनिश्चित भइसकेको छैन् । टी-ट्वान्टी विश्वकप पछि तीन खेलको टेष्ट सिरिजका लागि पुनः इंग्ल्यान्डले नोभेम्बरमा पाकिस्तानको भ्रमण गर्नेछ ।
इंग्ल्यान्डले १६ वर्षपछि पाकिस्तानको भ्रमण गर्नेछ । सन् २००५ देखि इंग्ल्यान्डले पाकिस्तानको भ्रमण गरेको छैन् । यस अघि सन् २०१२ र २०१६ मा पाकिस्तानविरुद्धको सिरिज युएईमा खेलाइएको थियो । गत वर्ष इंग्ल्यान्डले अन्तिम समयमा पाकिस्तानको भ्रमण रद्द गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया