क्रिकेट

स्मिथले डेढ वर्षपछि प्रहार गरे शतक

इकागज |
असार २४, २०७९ शुक्रबार १७:४० बजे

काठमाडौँ – अष्ट्रेलियन क्रिकेट टिमका ब्याट्सम्यान स्टेभेन स्मिथले डेढ वर्षपछि शतक प्रहार गरेका छन् । आयोजक श्रीलंकाविरुद्ध जारी दोस्रो टेष्टका क्रममा स्मिथले शुक्रबार शतक प्रहार गरेका हुन् । 

यस अघि स्मिथले सन् २०२१ को जनवरी ७ मा सिड्नीमा भारतविरुद्धको टेष्टका क्रममा शतक पूरा गरेका थिए । त्यसपछि उनले शतक पुरा गर्ने डेढ वर्ष लगाए । 


८७ औँ टेष्ट खेलिरहेका स्मिथको टेष्ट क्रिकेटमा यो २८ औँ शतक हो । उनले एकदिवसीयमा भने १ सय ३० खेलमा ११ शतक पूरा गरेका छन् । 

एकदिवसीयमा उनले अन्तिम पटक भारतविरुद्ध सन् २०२० को नोभेम्बरमा शतक पूरा गरेका थिए । 
 


Author

थप समाचार
x