क्रिकेट

एक खेलअगावै भारतले जित्यो इंग्ल्यान्डविरुद्धको सिरिज

इकागज |
असार २६, २०७९ आइतबार ९:५७ बजे

काठमाडौँ – भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ । तीन खेलको सिरिज भारतले एक खेल अगावै जितेको हो । पहिलो खेल ५० रनले जितेको भारतले शनिबार राति भएको दोस्रो खेल ४९ रनले आफ्नो पक्षमा पारेको हो ।

१ सय ७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा समेटिएपछि भारतले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ तथा डेभिड विल्लीले ३३ रन जोडे ।


इंग्ल्यान्डलाई सस्तैमा समेट्न भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट हात पार्दा जसप्रित बुमराह र युजवेन्द्र चहलले समान २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन जोडेको थियो । भारतका लागि रविन्द्र जडेजाले अविजित ४६ रनको योगदान गर्दा कप्तान रोहित शर्माले ३१ रन जोडे ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ४ तथा रिचर्ड ग्लेसनले ३ विकेट लिए ।


Author

थप समाचार
x