क्रिकेट

भारतविरुद्ध इंग्ल्यान्डको सान्त्वना जित

इकागज |
असार २७, २०७९ सोमबार १०:२९ बजे

काठमाडौँ – घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको टी-ट्वान्टी सिरिजमा सान्त्वना जित हात पारेको छ । नटिङघममा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेल इंग्ल्यान्डले १७ रनले जित्दै सिरिज क्लिनस्विप हुनबाट जोगिएको हो । तीन खेलको सिरिज भने भारतले २-१ ले जितेको छ ।

अन्तिम खेलमा इंग्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९८ रन मात्र जोड्न सक्यो ।


भारतका लागि सुर्यकुमार यादवले १ सय १७ रनको शतकीय इनिङ्स खेलेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन् । इंग्ल्यान्डका रिसी टोप्लेले सर्वाधिक ३ विकेट तथा डेविड विली र क्रिस जोर्डनले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डले ७ विकेटको क्षतिमा २ सय १५ रन जोडेको थियो । इंग्ल्यान्डका लागि डेविड मलनले सर्वाधिक ७७ तथा लियाम लिभिङस्टोनले अविजित ४२ रनको योगदान गरे ।

भारतका लागि रवी विस्नोइ र हर्सल पटेलले समान २-२ विकेट हात पारे ।

यसअघि भारतले पहिलो खेल ५० रन तथा दोस्रो खेल ४९ रनले जितेको थियो ।


Author

थप समाचार
x