क्रिकेट

श्रीलंकन ब्याट्सम्यान दिनेशले अष्ट्रेलियाविरुद्ध पूरा गरे दोहोरो शतक

इकागज |
असार २७, २०७९ सोमबार १३:५० बजे

काठमाडौँ – श्रीलंकाका ब्याट्सम्यान दिनेश चन्डिमलले पहिलो पटक दोहोरो शतक प्रहार गरेका छन् । पाहुना टोली अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलका क्रममा दिनेशले पहिलो दोहोरो शतक पूरा गरेका हुन् ।

दिनेशले ६८ औँ खेल खेल्दा दोहोरो शतक प्रहार गरे । पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले बनाएको ३ सय ६४ रनको जवाफमा श्रीलंकाले ५ सय ५४ रनमा सबै विकेट गुमाउँदा दिनेश २ सय ६ रनमा नटआउट रहे । उनले ३ सय २६ बलको सामना गर्दा १६ चौका र ५ छक्का प्रहार गरे ।


दिनेशले टेष्टमा १३ शतक तथा २१ अर्धशतक पूरा गरेका छन् । उनले यसअघि सर्वाधिक १ सय ६४ रन जोडेका थिए ।


Author

थप समाचार
x