न्यूजिल्यान्डका पूर्व कप्तान बेरीको निधन
काठमाडौँ – न्यूजिल्यान्ड क्रिकेट टिमका पूर्व कप्तान बेरी सिनक्लेरको निधन भएको छ । बेरीको ८५ वर्षको उमेरमा निधन भएको क्रिकइन्फोले जनाएको छ ।
बेरीले सन् १९६३ देखि १९६८ सम्म न्यूजिल्यान्डका लागि २१ टेष्ट खेल्दा १ हजार भन्दा बढी रन बनाएका थिए । उनले टेष्टमा तीन शतक समेत प्रहार गरे । उनले दक्षिण अफ्रिका, पाकिस्तान र इंग्ल्यान्डविरुद्ध शतक बनाएका थिए ।
टेष्टमा १ हजार रन पुरा गर्ने न्यूजिल्यान्डका तेस्रो खेलाडी हुन् । बेरीले १ सय १८ फस्ट-क्लास क्रिकेट खेल्दा ६ हजार १ सय १४ रन जोडेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया