क्रिकेट

२०२३ क्रिकेट विश्वकपः दक्षिण अफ्रिका स्वतः छनोट नहुने सम्भावना

इकागज |
असार २९, २०७९ बुधबार ११:२८ बजे

काठमाडौँ – सन् २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाको स्वतः छनोट हुने सम्भावना कमजोर हुँदै गएको छ । एकदिवसीय सुपर लिग अन्तर्गत अष्ट्रेलियाविरुद्ध आगामी वर्ष जनवरीमा हुने भनेको तीन खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले खेल्न अस्वीकार गरेको छ । जसका कारण तीन खेलकै अंक अष्ट्रेलियाको पक्षमा जाने क्रिकइन्फो जनाएको छ ।

सुपर लिग अन्तर्गत १३ टिमको सहभागिता रहेको छ । १३ टिममध्ये शीर्ष ८ पर्ने टिममात्र भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् । तर आगामी वर्षको मे महिनासम्म शीर्ष ८ मा रहने टिममात्र विश्वकपका लागि छनोट हुनेछन् ।


बाँकी ५ टिमले भने आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर खेल्नुपर्नेछ । क्वालिफायरबाट दुई टिममात्र विश्वकपमा स्थान बनाउनेछ । आयोजकको भएको हुनाले भारत भने स्वतः विश्वकपमा छनोट भइसकेको छ ।

तर दक्षिण अफ्रिका भने सुपर लिगको तालिकामा ११ औँ स्थानमा रहेको छ । र उसले अष्ट्रेलियाविरुद्धको सिरिज नखेल्ने भएपछि अंक जोड्न असमर्थ हुनेछ ।


Author

थप समाचार
x