क्रिकेट

क्रिकेट खेल जीवन्त राख्न युक्रेनलाई आईसीसीको सदस्यता आवश्यक

इकागज |
असार २९, २०७९ बुधबार १४:२ बजे

किभ- युक्रेन क्रिकेट बोर्डका प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सदस्यता प्राप्त नगरे युक्रेनमा क्रिकेट खेलको अस्तित्व समाप्त हुने दाबी गरेका छन् ।

बोर्डका प्रमुख कार्यकारी काबुस ओलिभियरले आईसीसीको मान्यता प्राप्त गर्न युक्रेनले सबै मापदण्ड पूरा गरेको बताउँदै यदि युक्रेनलाई सदस्यता प्रदान नगरिए देशमा क्रिकेटको अस्तित्व समाप्त हुने बताए । 


रोयटर्सका अनुसार आईसीसीको यसै महिना बस्ने बैठकले युक्रेनलाई एसोसियट सदस्यता प्रदान गर्ने तथा उसलाई टी-ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै अन्य ९६ सदस्य राष्ट्रलाई प्रदान गरेको रकम समेत युक्रेनलाई प्रदान गरिने अपेक्षा छ । 

युक्रेन क्रिकेट बोर्डले जनाए अनुसार युक्रेनमा विगत दुई दशकदेखि क्रिकेट खेल आयोजना हुने गरेको तथा युक्रेनमा करिब १५ हजार खेलाडी रहेको छ । त्यसमध्ये सिनियर लेभलमा अधिकांश भारतीयमूलका खेलाडी रहेका छन् ।

ओलिभियरले रुसले युक्रेनमाथि गत फेब्रुअरीमा आक्रमण गर्नुअघि बोर्डले सदस्यता प्राप्त गर्ने सम्पूर्ण मापदण्ड पुरा गरेको दावी गरे । युक्रेनले आईसीसीको एसोसियट सदस्यता पाउनेमा आफू विश्वस्त रहेको ओलिभियरले बताए । 

बोर्डका अध्यक्ष हर्दिप सिंहले राष्ट्रिय टिमका खेलाडीहरूलाई भारतमा अभ्यासको लागि व्यवस्था मिलाएका छन् ।

दक्षिण अफ्रिकी नागरिक ओलिभियर अहिले किभ छाडेर अहिले जागरेव पुगेका छन् । र उनले त्यहाँ सर्विया, स्लोभेनिया, हंगेरी र चेक रिपब्लिकको सहभागितामा युक्रेनियन फ्रिडम कप आयोजना गर्ने तयारी गरिरहेका छन् ।
 


Author

थप समाचार
x