स्कटल्यान्डलाई हराउँदै नेपाल विजयी
काठमाडौँ - नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेटको जित निकालेको छ ।
आज राति स्कटल्यान्डमा भएको खेलमा नेपालले जितका लागि १४५ रनको लक्ष पाएको थियो ।
निर्धारित लक्ष्य पछ्याएको नेपालले २५ ओभर एक बलमा १४६ रन बनायो । नेपालले १४९ बल बाँकी छँदै लक्ष्य भेटाएको हो ।
त्यसअघि स्कटल्यान्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया