आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२
नामिबियाविरुद्ध भिड्दा अमेरिकासँगको दूरी घटाउने लक्ष्यमा नेपाल
काठमाडौँ – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल काम्बुसडुन न्यू ग्राउन्डमा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
सिरिज अन्तर्गत नेपाल र नामिबियाबीच दोस्रो पटक भेट हुँदैछ । यस अघि सोमबार भएको खेलमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको थियो । तर नेपालले आफ्नो दोस्रो खेलमा भने घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो ।
नामिबियाले भने स्कटल्यान्डविरुद्धको दुबै खेलमा पराजित भएको थियो ।
नेपालले १८ खेलबाट १७ अंक जोड्दै सात टिमको सहभागिता रहेको लिग-२ को अंक तालिकामा पाँच स्थानमा रहेको छ । नेपालले नामिबियालाई पराजित गर्दै चौथों स्थानको अमेरिकासँगको अंक दूरी घटाउने दाउमा हुनेछ । अमेरिकाले भने २४ खेलबाट २३ अंक जोडेको छ ।
यता नामिबिया भने १७ खेलबाट १६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा रहेको छ । तालिकामै ओमान ४४ अंकसहित पहिलो तथा ३२ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया