के नेपालले पुनः स्कटल्यान्डलाई पराजित गर्ला ?
काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दैछ ।
नेपाल र स्कटल्यान्डबीचको खेल टिटउडमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । नेपाल र स्कटल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल पनि हो ।
यसअघि पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । तर जारी सिरिजमा नेपालले नामिबियाविरुद्धको पहिलो खेलमा ४० रनले पराजित भएको थियो । त्यसैगरी, दोस्रो खेलमा नामिबियाले ६३ रनको जित हात पारेको थियो ।
तर आजको खेलमा जित हात पारे नेपाल पुनः लिग तालिकाको पाँचौ स्थानमा उक्लिनेछ ।
लिग अन्तर्गत १९ खेलबाट १७ अंक जोड्दै नेपाल छैटौं स्थानमा रहेको छ । यता स्कटल्यान्ड भने २३ खेलबाट ३२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । ३६ खेलबाट ४४ अंक जोडेको ओमान भने शीर्षस्थानमा रहेको छ ।
नामिबिया भने १८ खेलबाट १८ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । युएई २२ खेलबाट २६ अंकसहित तेस्रो तथा २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथों स्थानमा छ । २० खेलबाट जम्मा २ अंक जोडेको पपुवा न्यूगिनी सातौं अर्थात पुछारमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया