क्रिकेट

बाबरले तोडे विराटको कीर्तिमान

इकागज |
साउन १, २०७९ आइतबार १६:४४ बजे

काठमाडौँ- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १० हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । साथै १० हजार रन पूरा गर्ने उनी पाकिस्तानका ११ औँ खेलाडी समेत बनेका छन् ।

श्रीलंकाविरुद्धको टेष्टका क्रममा ३४ रन जोडेपछि उनले १० हजार रन पूरा गरेका थिए । उनले २ सय २८ खेलमा १० हजार रन पूरा गरे ।


यसअघि भारतका पूर्व कप्तान विराट कोहलीले २ सय ३२ खेलमा १० हजार रन पूरा गरेका थिए ।

यसैगरी समग्रमा सर्वाधिक छिटो १० हजार रन पूरा गर्ने खेलाडीको सूचीमा आजम पाँचौ स्थानमा छन् । भिभ रिचर्डसले २ सय ६ खेलमा उक्त कीर्तिमान कायम गरेका थिए ।


Author

थप समाचार
x