महिला टी-ट्वान्टी वरीयताः सीता र रुविनाको वरीयतामा सुधार
काठमाडौँ – महिलाको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय ब्याटिङतर्फ सीता रानामगरको वरीयता यथावत रहँदा रुविना क्षेत्री एक स्थान माथि उक्लिएकी छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सीता ६४ औँ स्थानमा यथावत रहेकी छन् ।
यता नेपाली टिमकी कप्तान रुविना एक स्थानमाथि ८५ औँ स्थानमा उक्लिएकी छन् । ज्योति पाण्डे भने सयौँ स्थानमा रहेकी छन् ।
बलिङतर्फ कविता कुँवर ७३ औँ स्थानमा यथावत छिन् भने सीता एक स्थानमाथि ७९ औँ तथा रुविना पनि एक स्थानमाथि ८० औँ स्थानमा उक्लिएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया