आईपीएलका फ्रेन्चाइजले किने दक्षिण अफ्रिकी लिगका सबै टिम
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) का फ्रेन्चाइज मालिकले दक्षिण अफ्रिकाको नयाँ टी-ट्वान्टी लिगका सबै ६ टिम खरिद गर्ने भएको छ । लिगको पहिलो संस्करण २०२३ को जनवरीमा हुने तालिका रहेको छ ।
क्रिकइन्फोका अनुसार आईपीएल टिम मुम्बइ इन्डियन्स, चेन्नइ सुपर किंग्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स तथा दिल्ली क्यापिटल्सका एक मालिकले दक्षिण अफ्रीकाको टी-ट्वान्टी लिगमा सहभागी हुने टिमका लागि सफल बोलकबोल गरेको हो ।
लिग दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले संचालन गर्दैछ भने सुपरस्पोर्टसले प्रशारण अधिकार प्राप्त गरेको छ ।
चेन्नइले जोहानेसवर्ग, मुम्बइले केप टाउन तथा सनराइजर्सले पोर्ट एलिजावेथ टिम खरिद गरेका छन् । लखनउले डर्वन, राजस्थानले पार्ल तथा दिल्लीले प्रिटोरिया टिम खरिद गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया