समयमै उचित निर्णय नलिए पछुताउँछुः दासानायके
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायकेले समयमा सही निर्णय नलिए पछि पछुताउनु पर्ने अवस्था आउने बताएका छन् । स्कटल्याण्डको भ्रमण सकेर नेपाल आएलगत्तै दासानायकेले बुधबार राजीनामा दिएका हुन् । उनले राजीनामा दिँदा दु:खी भएको बताएपनि व्यक्तिगत समस्या समाधानका लागि समय दिनुपर्ने आवश्यकता देखिएको जनाए ।
‘लामो समयदेखि व्यक्तिगत समस्या समाधानका लागि प्रयास गरिरहेको भएपनि त्यसो हुन नसक्दा राजीनामा दिएको हुँ । मैले नेपाली क्रिकेटमा ल्याएको परिवर्तनको अनुभूति आगामी दिनमा हुनेछ,’ दासानायकेले भने ।
नेपालले अष्ट्रेलियामा यसैवर्ष हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा पुर्याउन असफल रहेका दासानायकेको प्रशिक्षणमा नेपाली टिमले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा समेत खराब प्रदर्शन गर्दै आएको थियो ।
उनको प्रशिक्षणमा नेपालले लिग-२ मा १२ खेल खेल्दा केवल ४ खेलमा जित तथा ७ खेलमा पराजय भोगेको थियो । एक खेल बराबरीमा टुंगिएको थियो ।
पहिलो कार्यकालमा सफल मानिएका दासानायकेले दोस्रो कार्यकालमा भने एक वर्ष पूरा नहुँदै राजीनामा दिएका छन् । गत मंसिर महिनामा नेपाल क्रिकेट संघ क्यानले उनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया