क्रिकेट

२०२४ को क्रिकेट विश्वकप खेल्न नेपालसामू दुई विकल्प

इकागज |
साउन ६, २०७९ शुक्रबार १७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ – सन् २०२४ को आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछ । सन् २०२४ मा आयोजना हुने विश्वकपमा पहिलोपटक २० टिमको सहभागिता रहनेछ ।

सो विश्वकपका लागि आईसीसीले विभिन्न तहको छनोटका लागि तालिका समेत सार्वजनिक गरिसकेको छ । त्यसका साथै आयोजक राष्ट्रहरु वेस्ट इन्डिज तथा अमेरिका स्वतः विश्वकपमा छनोट हुनेछन् । त्यसैगरी, अष्ट्रेलियामा यसै वर्ष हुने टी-ट्वान्टी विश्वकपमा शीर्ष ८ मा पर्ने टोली पनि २०२४ को विश्वकपका लागि छनोट हुनेछन् ।


त्यसबाहेक यसै वर्षको नोभेम्बर १४ सम्म आईसीसी टी-ट्वान्टीको टिम वरीयतामा उच्च स्थानमा रहने थप दुई टिमसमेत विश्वकपका लागि छनोट हुने आईसीसीले जनाएको छ ।

यहाँसम्मको प्रकृया हेर्दा आयोजक २ टिम, अष्ट्रेलियामा हुने विश्वकपबाट ८ टिम तथा आईसीसीको वरीयतामा आधारित २ टिम गरी १२ टिम सुनिश्चित हुनेछन् । त्यसपछि बाँकी ८ टिमका लागि मात्र छनोट प्रतियोगिताहरु आयोजना हुनेछन् ।  

माथिका प्रकृयाबाट विश्वकपमा छनोट हुन नसकेका टिमहरुले विभिन्न महादेशमा आयोजना हुने सब-रिजनल क्वालिफायर खेल्नुपर्नेछ। सब-रिजनल क्वालिफायरबाट ती महादेशका लागि हुने रिजनल फाइनल्समा दुई देखि तीन टिमले स्थान बनाउनेछन् ।

नेपालको हकमा भने यसले सब-रिजनल क्विलफायर खेल्नुपर्ने छैन । नेपालले विश्वकप छनोटका लागि एसियाको रिजनल फाइनल मात्र खेले पुग्छ । एसियाको रिजनल फाइनलमा नेपालबाहेक बहराइन, ओमान तथा एसियामा हुने सब-रिजनल क्वालिफायरबाट आउने दुई टिम समावेश हुनेछन् । यहाँबाट शीर्ष दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

यसरी हेर्दा नेपालका लागि सन् २०२४ को विश्वकपमा स्थान बनाउन दुई विकल्प रहेको छ । पहिलो भनेको आईसीसी टी-ट्वान्टी वरीयतामा उच्च स्थान हात पार्नु तथा दोस्रो भनेको रिजनल फाइनलमा शीर्ष दुईमा पर्नु ।

आईसीसीको छनोट प्रकृयाः


Author

थप समाचार
x