क्रिकेट

वेस्ट इन्डिजविरुद्ध भारतको रोमाञ्चक जित

इकागज |
साउन ७, २०७९ शनिबार १०:१८ बजे

काठमाडौँ – पाहुना टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेल ३ रनले जितेको छ । जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

पोर्ट अफ स्पेनमा भएको खेलमा भारतले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५ रनमात्र जोड्न सक्यो । उसका लागि कायल मेयर्सले ७५ तथा ब्रान्डन किंगले ५४ रन जोडे । भारतका मोहम्मद सिराज, शर्दुल ठाकुर र युजवेन्द्र चहलले समान २-२ विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन जोडेको थियो । भारतका लागि कप्तान शिखर धवनले सर्वाधिक ९७ रन, शुवमन गिलले ६४ तथा श्रेयस ऐयरले ५४ रनको योगदान गरे ।

वेस्ट इन्डिजका अल्जारी जोसेफ र गुडाकेस मोटीले समान २-२ विकेट हात पारे ।


Author

थप समाचार
x