क्रिकेट

५२ टेष्ट खेलेका ट्रट अफगानिस्तानको प्रशिक्षक नियुक्त

इकागज |
साउन ७, २०७९ शनिबार १३:३५ बजे

काठमाडौँ – इंग्ल्यान्डका पूर्व क्रिकेटर जोनाथन ट्रट अफगानिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षकको रुपमा ट्रटले टी-ट्वान्टी सिरिजका लागि अगस्टमा आयरल्यान्डको भ्रमण गर्ने क्रिकइन्फोले जनाएको छ । 

४१ वर्षीय ट्रट पहिलो पटक कुनैपनि देशको पुरुष टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसअघि भने उनी स्कटल्यान्डको कन्सल्टेन्ट तथा इंग्ल्यान्डको ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेका थिए । 


ट्रटले इंग्ल्यान्डका लागि ५२ टेष्ट खेल्दै ३ हजार ८ सय ३५ रन बनाएका छन् भने ६८ एकदिवसीयमा २ हजार ८ सय १९ रन जोडेका छन् । ट्रटले सन् २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । 

गत मार्चमै अफगानिस्तानले ग्राहम थोर्पेलाई नयाँ प्रशिक्षक नियुक्त गरेपनि दुई महिनापछि नै उनी गम्भिर विरामी परेका थिए । 

अफगानिस्तानले आयरल्यान्डविरुद्ध अगस्ट ९ तारिखबाट पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । 
 


Author

थप समाचार
x