क्रिकेट

लिजेन्ड्स लिग क्रिकेट ओमानबाट भारत सारियो

इकागज |
साउन ७, २०७९ शनिबार १६:२७ बजे

तस्बिरः आईएएनएस

काठमाडौँ- लिजेन्ड्स लिग क्रिकेट (ग्लोबल टी-ट्वान्टी लिग) को दोस्रो संस्करण भारतमा हुने भएको छ । आयोजकका अनुसार दोस्रो संस्करण ओमानबाट भारत सारिएको आईएएनएसले जनाएको छ ।  

लिजेन्ड्स लिगप्रति भारतीय समर्थकको उत्साहजनक आकर्षण रहेको बताउँदै आयोजक एलएलसीले दोस्रो संस्करण ‌ओमानबाट भारत सारिएको उल्लेख गरेको छ ।


दोस्रो संस्करण भारतमा सेप्टेम्बर २० बाट सुरु हुने भएपनि खेलका लागि स्थान तोकिएको छैन । लिजेन्ड्स लिगको दोस्रो संस्करणमा १ सय १० लिजेन्ड क्रिकेटरको सहभागिता रहने छ ।

नौ भन्दा बढी देशका लिजेन्ड क्रिकेटको सहभागिता रहने आयोजकले जनाएको छ ।

पहिलो संस्करण सबैभन्दा बढी भारतबाट हेरिएको थियो भने पाकिस्तान र श्रीलंकामा पनि ठूलो संख्यामा दर्शकहरुले सो लिग हेरेका थिए ।


Author

थप समाचार
x