डेल स्टेन, विरेन्द्र सहेवागसँगै पारस खड्काले लिजेन्ड्स लिग खेल्ने
काठमाडौँ – पूर्व नेपाली राष्ट्रिय क्रिकेटर पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । भारतमा सेप्टेम्बर र अक्टुबरमा हुने लिगको दोस्रो संस्करणमा नेपालका पूर्व कप्तान खड्काले खेल्ने भएका हुन् । खड्काले सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै प्रतियोगिता कुर्दै गरेको लेखेका छन् ।
दोस्रो संस्करण भारतमा सेप्टेम्बर २० बाट सुरु हुने भएपनि खेलका लागि स्थान तोकिएको छैन । लिजेन्ड्स लिगको दोस्रो संस्करणमा १ सय १० लिजेन्ड क्रिकेटरको सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकले हालसम्म प्रतियोगिता खेल्ने ५० खेलाडी सार्वजनिक गरिसकेको छ । जसमा खड्का पनि अटाएका छन् ।
प्रतियोगितामा ज्याक कालिस, डेल स्टेन, शेन वाटसन, चामिन्दा भास, थिसारा परेरा, इयान बटलर, धमिका प्रसाद, पार्थिप पटेल, मिचेल जोनसन, हरभजन सिंह, विरेन्द्र सहेवाग, इरफान पठान, इयोन मोर्गानको पनि सहभागिता रहने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया