व्यस्त तालिकाले इंग्ल्यान्डका कप्तान बटलर निराश
काठमाडौँ – इंग्ल्यान्डका एकदिवसीय तथा टी-ट्वान्टी टिमका कप्तान जोश बटलरले व्यस्त खेल तालिकालाई लिएर निराशा व्यक्त गरेका छन् । एकपछि अर्को सिरिज खेल्दा प्रशिक्षणका लागि सयम अभाव भएको भन्दै बटलरले निराशा व्यक्त गरेको क्रिकबजले जनाएको छ ।
पाहुना टोली दक्षिण अफ्रिकाबिरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलपछि बटलरले प्रशिक्षणका लागि समय अभाव भएको बताए । तेस्रो खेल वर्षाका कारण प्रभावित भएपछि सिरिज १-१ को बराबरीमा टुंगिएको छ ।
इंग्ल्यान्डले २४ दिनभित्रै १२ टी-ट्वान्टी र ९ एकदिवसीय खेल खेलेको थियो । पछिल्ला दुई हप्तामा ६ मध्ये केवल २ एकदिवसीय खेल जित्न सफल भएको थियो ।
बटलरले प्रशिक्षणको समय भनेको टोलीको एकता, समूह भित्रको ऊर्जा, फिल्डिङ अभ्यास, खेलको दबाब बिना खेलाडीहरुबीच मित्रता लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । उनले ती कुरा उच्च प्रदर्शनको लागि साँच्चै महत्त्वपूर्ण रहेको समेत बताए । त्यस्ता मौका गुमाए टिममा निराशा छाउने बटलरको दावी थियो ।
उनले साच्चै नै त्यसका लागि समयको आवश्यकता रहेको बताए ।
इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच बुधबारबाट तीन खेलको टी-ट्वान्टी सिरिज हुँदैछ । ती तीनवटै खेल केवल ५ दिनभित्र हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया