‘क्रिकेट स्कटल्याण्ड संस्थागत रूपमै जातिवाद रहेको खुलासा’
तस्बिरः बीबीसी
काठमाडौँ- जातिवाद आरोपमा गरिएको स्वतन्त्र समीक्षाले स्कटिश क्रिकेटको प्रशासन तथा नेतृत्व संस्थागत रूपमा जातिवादी भएको पाएको छ । यसले जातिवादको मुद्दाहरू उठाउनेहरूलाई बेवास्ता गरिएको र ‘जातीय रूपमा बढेको सूक्ष्म-आक्रमण’ को संस्कृति विकास गर्न अनुमति दिइएको खुलासा गरेको बीबीसीले जनाएको छ ।
समीक्षाले संस्थागत जातिवाद प्रदर्शन गर्ने ४ सय ४८ मुद्दालाई प्रमुखताका साथ हेरेको थियो । गत वर्ष जातिवादको धेरै आरोप लागेपछि स्पोर्ट्सस्कटल्याण्डले अनुसन्धान सञ्चालनमा ल्याएको थियो ।
समीक्षाको एक भागको रूपमा एक बेनामी सर्वेक्षण गरिएको थियो । जसमा ६२ प्रतिशत मानिसहरूले जातिवाद, असमानता वा भेदभावका घटनाहरू अनुभव गरेका र देखेका वा उनीहरूलाई रिपोर्ट गरेका थिए ।
प्रतिवेदन सार्वजनिक हुनु अघि आइतबार नै स्कटल्याण्ड क्रिकेट बोर्डका पदाधिकारीहरूले राजीनामा दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया