क्रिकेट

फ्रान्सेली ब्याट्सम्यान गुस्तभले कायम गरे विश्व कीर्तिमान

इकागज |
साउन १०, २०७९ मंगलबार १०:४० बजे

काठमाडौँ – फ्रान्सेली ब्याट्सम्यान गुस्तभ माइककेओनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम गरेका छन् । २०२४ को विश्वकपका लागि जारी युरोप सब-रिजनल क्वालिफायर अन्तर्गत गुस्तभ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने सबै भन्दा कान्छा खेलाडी बनेका छन् ।

फिनल्यान्डमा जारी छनोट अन्तर्गत ओपनर ब्याट्सम्यान गुस्तभले स्विट्जरल्यान्डविरुद्धको खेलमा ६१ बलमै १ सय ९ रन बनाएका थिए । शतक पुरा गर्दा उनी केवल १८ वर्ष र २ सय ८० दिन पुगेका थिए ।


यसअघि अफगानिस्तानका हजरातुल्लाह जाजाईले २० वर्षा र ३ सय ३७ दिनको हुँदा सन् २०१९ मा शतक पुरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

गुस्तभले खेलेको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमै शतक पुरा गरेका हुन् । उनले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । तर खेल भने स्विट्जरल्यान्डले जितेको थियो ।


Author

थप समाचार
x