‘आईपीएलको विश्वव्यापी विस्तार खतरनाक’
तस्बिरः रोयटर्स
काठमाडौँ – अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान एडम गिलक्रिस्टले इन्डियन प्रिमियर लिग (आईपीएल) को विश्वव्यापी विस्तार खतरनाक बन्दै गएको दावी गरेका छन् । गिलक्रिस्टका अनुसार रकमको हिसाबले धनी रहेको आईपीएलको विश्वव्यापी टी-ट्वान्टी फ्रेन्चाइज क्रिकेटमाथि एकाधिकार बनाउने प्रयास खतरनाक भएको रोयटर्सले उल्लेख गरेको छ ।
आईपीएलको लगानीमा युएईमा आयोजना हुन लागेको लिग खेल्न अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले बिग बाँस लिग (बीबीएल) नखेल्ने समाचार आएपछि गिलक्रिस्टको भनाइ सार्वजनिक भएको हो । बीबीएल डिसेम्बर देखि फेब्रुअरीसम्म चल्ने तालिका रहेको छ ।
तर वार्नरले आईपीएलमा भारतको जीएमआर ग्रुपको लगानी रहेको दिल्ली क्यापिटल्सबाट खेल्ने गरेका छन् । र साही ग्रुपले युएईको लिग खेल्ने एक टिम खरिद गरेको छ ।
त्यतिमात्र नभएर आईपीएलका टिमहरुले दक्षिण अफ्रिकामा आयोजना हुने टी-ट्वान्टी लिगको सबै ६ टिम खरिद गरेका छन् भने आईपीएलकै कलकता, राजस्थान र पञ्जाबले क्यारेवियन लिगका टिमहरु खरिद गरेका छन् ।
गिलक्रिस्टले क्रिकेट अष्ट्रेलियाले वार्नर जस्ता खेलाडीलाई प्रतिस्पर्धि लिगका लागि खेल्न अनुमति दिनु लगभग व्यावसायिक आत्महत्या हुने प्रतिक्रिया दिए । उनले यो सब आईपीएलका फ्रेन्चाइजले विश्वव्यापी रुपमा सुरुवात गरेको एकाधिकारको प्रयास भएको बताए ।
गिलक्रिस्टका अनुसार मालिकको एकाधिकार तथा खेलाडी तथा उनीहरुको प्रतिभामाथिको एकाधिकार खतरनाक भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया