वेस्ट इन्डिजविरुद्धको सिरिजमा भारतलाई अग्रता
काठमाडौँ – पाहुना टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टी खेल ६८ रनले जितेको छ । जितसँगै ५ खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
टारोउवामा शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र जोड्न सक्यो ।
वेस्ट इन्डिजका लागि शामारह ब्रुक्सले सर्वाधिक २० रन जोडे । भारतका अर्सदिप सिंह, रविचन्द्रन आश्विन र रवी विस्नोइले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९० रन जोडेको थियो । भारतका लागि कप्तान रोहित शर्माले ६४ रनको योगदान गरे । दिनेश कार्तिक ४१ रनमा नटआउट भए । वेस्ट इन्डिजका अल्जारी जोसेफले सर्वाधिक २ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया