नेपाल-केन्या सिरिजको टुंगो केही दिनमा लाग्छः महाप्रवन्धक खनाल
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँगको क्रिकेट सिरिजको बारेमा केही दिनमै टुंगो लगाउने भएको छ । क्यानका महाप्रवन्धक वृतान्त खनालले केन्यासँगको सिरिजको टुंगो केही दिनमा लाग्ने बताए ।
खनालका अनुसार केन्याले क्यानसँग एकदिवसीय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलका प्रस्ताव गरेको हो । ‘प्रस्ताव राम्रै हो । तर यसबारे क्यानको बोर्ड बैठकबाट निर्णय लिइनेछ । आईसीसीको वार्षिक साधारणसभामा सहभागी भएर क्यान अध्यक्ष चतुरबहादुर चन्द तथा कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल सोमबार नेपाल फर्किएपछि क्यान बैठकबाट सिरिजबारे टुंगो लगाइनेछ,’ खनालले इकागजलाई बताए ।
उनका अनुसार सिरिजका बारेमा टुंगो लागेपछि फर्म्याट र खेल तालिकाबारे टुंगो लाग्ने छ ।
केन्यासँग एकदिवसीय मान्यता छैन भने टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा केन्या ३१ औँ स्थानमा छ । जबकी टी-ट्वान्टी वरीयतामा नेपाल १३ औँ स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १९ औँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया