१७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तानको भ्रमण गर्दै
काठमाडौँ – पाहुना टोली इंग्ल्यान्ड र पाकिस्तानबीचको सात टी-ट्वान्टी खेलको सिरिज सेप्टेम्बर २० देखि अक्टोबर २ सम्म कराँची र लाहोरमा हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले मंगलबार जनाए अनुसार इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो । सातमध्ये नेसनल स्टेडियममा ४ तथा गदाफी स्टेडियममा ३ खेल हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि इंग्ल्यान्डले अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप खेलेर पुनः पाकिस्तानको भ्रमण गर्नेछ । तीन खेलको टेष्ट सिरिजका लागि इंग्ल्यान्डले डिसेम्बरमा पाकिस्तानको भ्रमण गर्ने तालिका रहेको छ ।
पाकिस्तानले न्यूजिल्यान्डविरुद्ध २ खेलको टेष्ट तथा तीन खेलको एकदिवसीय सिरिज आयोजना गर्नुका साथै वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी-ट्वान्टी सिरिज समेत आयोजना गर्ने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया