पाकिस्तानी फास्ट बलर अफ्रिदीले एसिया कप गुमाउने
काठमाडौँ- पाकिस्तानका फास्ट बलर शाहिन शाह अफ्रिदीले एसिया कप गुमाउने भएको छ । घुँडाको चोटका कारण कम्तिमा ४ देखि ६ हप्ता आराम गर्नुपर्ने भएपछि अफ्रिदीले एसिया कप गुमाउने भएको हो ।
एसिया कप युएईमा अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म आयोजना हुनेछ । तर त्यसअघि नै अफ्रिदी घाइते भएपछि पाकिस्तानलाई पाकिस्तानलाई ठूलो झट्का लागेको छ ।
अफ्रिदीले एसिया कपसँगै इंग्ल्यान्डविरुद्धको सिरिज समेत गुमाउने भएका छन् । श्रीलंकाविरुद्धको पहिलो टेष्टका क्रममा अफ्रिदी घाइते भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया