आफूमाथिको प्रतिबन्ध हटाउन बोर्डले छलफल गर्नुपर्ने वार्नरको माग
काठमाडौँ- डेभिड वार्नरले क्रिकेट अष्ट्रेलियासँग आफूमाथि आजीवन कप्तान बन्न नपाउने गरी लगाइएको प्रतिबन्ध हटाउनका लागि आफूसँग छलफल गर्नुपर्ने माग गरेका छन् ।
अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) का लागि सिड्नी थन्डर्सका लागि दुई वर्षे सम्झौता गरेपछि अष्ट्रेलियन ब्याट्सम्यान वार्नरले अष्ट्रेलियन क्रिकेट बोर्डसँग आजीवन प्रतिबन्ध हटाउनका लागि छलफल गर्न माग गरेका हुन् ।
सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेष्टका क्रममा बल ट्याम्पेरिङ गरेको आरोप प्रमाणित भएपछि वार्नरमाथि आजीवन कप्तान बन्न नपाउने गरी अष्ट्रेलियाले प्रतिबन्ध लगाएको थियो । जबकी स्टेभेन स्मिथ तथा क्यामेरोन ब्याङक्रफ्टमाथि भने त्यति कठोर निर्णय लिइएको थिएन ।
तर, पछिल्लो समयमा उनीमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग बढ्दै गएको छ । कम्तिमा पनि बीबीएलमा कप्तान बनाउन पाउनुपर्ने माग समेत उठिरहेको छ । यता उसमान खवाजा ब्रिसबेन हिट गएपछि थन्डर्सलाई पनि कप्तानको आवश्यकता रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया