क्रिकेट

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक ड्रविडमा कोभिड

इकागज |
भदौ ७, २०७९ मंगलबार १३:६ बजे

काठमाडौँ- भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल ड्रविडमा कोभिड-१९ पोजेटिभ देखाएको छ । कोभिड लागेसँगै राहुल एसिया कपका लागि युएई जाने सम्भावना न्यून बनेको छ ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले एक विज्ञप्तीमार्फत मुख्य प्रशिक्षक राहुलमा कोरोना देखिएको पुष्टी गरेको आईसीसीले जनाएको छ ।


एसिया कपका लागि भारतीय टिम मंगबार युएई जानुअघि टिम सदस्यहरुको कोरोना परिक्षण गरिएको थियो र राहुलमा पोजेटिभ देखाएको थियो ।

एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका रहेको छ भने भारतले पहिलो खेल पाकिस्तानविरुद्ध अगस्ट २८ मा खेल्ने छ ।

बीसीसीआईले जनाए अनुसार राहुलले कम्तिमा पनि सुरुवातका केही खेलहरुका लागि उपलब्ध हुने छैनन् । उनको अनुपस्थितिमा भिभिएस लक्ष्मणले प्रशिक्षकको जिम्मेवारीमा रहने छन् ।


Author

थप समाचार
x